समाचार

नेता खनालद्वारा महराको धर्मपत्नीको निधनप्रति दुःख व्यक्त

१९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्व सभामुख एवं प्रतिनिधिसभाका सदस्य  कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेको छ । पूर्व प्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलि गर्दै शोक सन्तप्त परिवारजनमा  समवेदना व्यक्त गरेको छ । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।