१९ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले जनताको दुःखमा साथ दिनै नसक्ने भए राजनीति किन गर्ने ? किन पदमा बिराजमान हुने ? भन्दै राजनीतिक उच्च नेतृत्वलाई प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भ्रष्ट नेताहरुले सिङ्गै मुलुकलाई मगन्तेहरुको देश बनाई सक्यो तर एक छाक भात खान लाईनमा बस्न बाद्य निमुखाहरुले मगन्तेहरुको शहर बनाउँछ भन्ने चिन्ता ? भन्दै देशको बागडोर सम्माल्नेहरुप्रति कडा रुपमा आक्रोश पोखेका छन् ।
नेता गुरुगंको स्टाटस्ः भ्रष्ट नेताहरुले सिङ्गै मुलुकलाई मगन्तेहरुको देश बनाई सक्यो तर एक छाक भात खान लाईनमा बस्न बाद्य निमुखाहरुले मगन्तेहरुको शहर बनाउँछ भन्ने चिन्ता ? जनताको दुखमा साथ दिनै नसक्ने भए राजनीति किन गर्ने ? किन पदमा बिराजमान हुने ?