२० कार्तिक, चितवन । कोरोना संक्रमणका कारण हेटौंका एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरको सरकारी अस्पतालमा उपचार गराइरहेका हेटौंडाका एक संक्रमितको बुधबार राति मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय पुरुषको राति एक बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको हो । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका कारण गत मंगलबार अस्पताल भर्ना भएका थिए ।
व्यक्तिलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार गर्दै आएको थियो ।