राजनीति

प्रधानमन्त्री पार्टीकै जोडघटाउमा व्यस्त/स्वास्थ्यमन्त्री उपचारको शुल्क तोक्नमै मस्तः गगन थापा

२० कार्तिक, काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीबाट राजीनामा दिए देश भनेर दिएको अभिव्यक्ति प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेता थापाले मंगलबार राजधानिमा भएकाे एक कार्यक्रममा प्रधानमन्त्री ओलीय यस्तो बताएका थिए सोही अभिव्य निर्लज्जता भएको विश्लेषण गरेका छन्।

साथै नेता थापाले प्रधानमन्त्री ओली पार्टी भित्रकै जोडघटाउमा व्यस्त रहेको र स्वास्थ्यमन्त्री उपचारको शुल्क तोक्नमै मस्त रहेको भन्दै कटाक्षल गरेका छन् ।

उनले वीर अस्पतालका चिकित्सकको सामुहिक राजिनामा प्रति ईगित गर्दै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने, उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको बेला प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई निर्लज्जताको पराकाष्ठ भनेका छन् । ।

उनको स्टाटसः प्रधानमन्त्रीज्यू पार्टीभित्रको जोडघटाउमा व्यस्त, स्वास्थ्य मन्त्रीज्यू उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने,उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको छ । अझ राजीनामा दिए देश डुब्छ रे । निर्लज्जता !