२० कार्तिक, काठमाडौं । युवा सजगता अभियानले लुम्बिनी प्रदेश अन्तर्गतको प्युठान जिल्लाका विभिन्न स्थानीय तहहरुहरुका लागि संयोजक नियुक्त गरेको छ ।
सजगता अभियानको संगठन विस्तार नीति, योजना तथा कार्यक्रम संञ्चालनका लागि प्युठान जिल्लाका विभिन्न नौं स्थानीय तहहरुका लागि संयोजक नियुक्त गरेको संयोजक डा मुक्त पौडेलले विज्ञप्ति माफर्त संयोजकहरुको नामावली सार्वजनिक गरेका छन् ।
जस अनुसार नियुक्त हुनेहरुमा स्वर्गद्वारी नगरपालीकाका लागि कमल जि एम, माण्डवी गाउँपलीका का लागि राजु बरालि, सरुमारानि गाउँपालीकाका लागि सरद रायमाझी, प्युठान नगरपालीकाकालागि कविन रिजाल, रहेका छन् ।
त्यसैगरी ऐरावती गाँपालीकाका लागि धनु सोमै मगर, मल्लरानि गाउँपालीकाका लागी निम थापा, नौ बहिनी गाउँपलीकाका लागि शुेरेस केसी, झिमरुक गाउँपालीकाको लागि सरिता केसी र गौमुखि गाउँपलीकाका लागि सुरज सुनारलाई नियुक्त गरिएको छ ।