२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९७ पुरुष र ६०१ जना माहिला गरी जम्मा १३ सय ९८ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ११ हजार ३५९ जना, ललितपुरमा १८९१ जना र भक्तपुरमा १७३० जना होम आईसोलेशनमा रहेका छन् । काठमाडौंमा अहिलेसम्म ६८ हजार ४४९ जना कोरोना संक्रमित भएका छन् । अहिलेसम्म कोरोनाका कारण काठमाडौंमा २४९ जना, ललितपुरमा ६५ र भक्तपुरमा ६९ जना पुगेका छन् । उपत्यकामा जम्मा ३३९ जना कोरोनाका कारण मृतक थपिएका छन् ।
देशभर कोरोना संक्रमणका कारण १८ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजपछि कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १०५२ पुगेको छ । यसै समयमा देशभर कोरोना संक्रमितको संख्या ३०५१ जना पुगेको छ । १० हजार ६८ जनामा परीक्षण गर्दा उक्त संस्रमल पुष्टी भएको हो । कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या पछिल्लो २४ घण्टामा ३४३० रहेको छ ।