गण्डकी प्रदेश

सांसद भट्टराईद्वारा विकास आयोजना निरीक्षण

२० कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले आज कास्की निर्बाचन क्षेत्र नं २ मा सञ्चालित विभिन्न बिकास आयोजनाको निरीक्षण गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट सञ्चालित आयोजनाको अनुगमन गरेको हो । अनुगमनका क्रममा भट्टराईले कोरोनाको महामारीले देश आक्रान्त भैरहेको अवस्थामा सुरक्षित रहदै विकास निर्माण अघि बढाउनुपर्ने चूनौती देखिएको उल्लेख गर्दै उनले सम्पूर्णलाई स्वास्थ्य सतर्कतालाई विशेष प्राथमिकता दिएर कार्यक्षेत्रमा खटिन आग्रह गरे । उनले भने, “प्रतिकुल अवस्था छ, स्वास्थ्य सतर्कतामा कत्ति पनि लापरवाही नगर्नु ।” स्वास्थ्य मापदण्ड अवलम्बन गरेर योजना निर्माण कार्यमा लाग्न उनले आग्रह गरे ।
सांसद भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघीय सरकारद्वारा सञ्चालित आयोजना, मातृशिशु अस्पताल हँुदै भलाम जोड्ने सडक, बृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिकमार्ग देउराली सडकको अवलोकन गरेका थिए। उनको साथमा स्थानीय वडा अध्यक्ष, जनप्रतिनीधि र स्थानीय सरोकारवाला उपभोक्ताको उपस्थिति रहेको थियो ।