पु.समाचार

संग्रौलाको आक्रोसः ट्रम्प र ओली इतिहासको बाटो छेकेर दुनियाँलाई दुःख दिने वीरमात्र हुन्

२१ कात्तिक, काठमाडौं । बुद्धिजिवी खगेन्द्र संग्रौलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुबैजना इतिहासको बाटो छेकेर दुनियाँलाई दुःख दिने यी वीरहरूमध्येका भएको टिप्पणी गरेका छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले निर्बाचनमा पराजय भएपछि धाँधली भयो भनेका छन् भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी बदनाम गर्दै राजीनामा दिन्न भनेको स्मरण गर्दै दुबैलाई इतिहासका दुनियाँलाई दुःख दिने यी वीरहरूको संज्ञा दिएका छन् । जहाँका भएपनि यी वीरहरु उस्तैउस्ता जहाँसुकैका होऊन्, ती उस्तै ढङ्गले सोच्छन् भनेका छन् । प्रधानमन्त्री ओलीलाई उनले बयलगाढे भनेर व्यंग्यात्मक रुपमा थप आलोचनासमेत गरेका छन् ।
अमेरिकाको राष्ट्रपतीय निर्बाचनमा बाईडेनको बिजय सुनिश्चिततातर्फ गईरहेका बेला अमेरिकाका केही राज्यमा धाँधली भयो भन्दै मतगणना रोक्न माग गर्दै ट्म्पले अदालतमा मुद्धा हालेका छन् भने नेपालमा पनि प्रधानमन्त्री ओलीले केहदिन अगाडी आफूले राजीनामा दिए देश बर्बाद हुने हुँदा आफू राजीनामा दिन नसक्ने स्पष्ट गरेका छन् । उक्त बिषयमा बरिष्ठ लेखकसमेत रहेका संग्रौलाको खरो टिप्पणी आएको हो ।
संग्रौलाको ट्वीटः उता लोकमत, विज्ञान र इमानविरोेधी ट्रम्पले चुनाव हारेपछि ‘धाँधली भो, म छाड्दिनँ’ भने। यता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी बदनाम बयलगाडे सरले ‘म राजीनामा दिन्न’ भने। उस्तैउस्ता जहाँसुकैका होऊन्, ती उस्तै ढङ्गले सोच्छन्। इतिहासको बाटो छेकेर दुनियाँलाई दुःख दिने यी वीरहरू!