राजनीति

नेकपा गुटगत विवादमा राष्ट्रपतिको सक्रयताले पदको मर्यादा उल्लंङ्घनः डा.रावल

२१ कार्तिक, काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिती सदस्य तथा सांसद डा.भिम रावलले पार्टीभित्रको गुटगत विवादमा राष्ट्रपतिको सक्रियातालाई लिएर बिरोध जनाएका छन् । डा.रावलले राष्ट्रपतिको उक्त कार्यले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको समेत जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता डा.रावलले नेकपाको आन्तरिक गुटगत राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आईरहेको भन्दै राष्ट्रपतिको उक्त कार्यको बिरोध जनाएका हुन् ।

साथै नेता डा.रावलले यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताएका छन् ।

अहिले विभिन्न सञ्चारमाधयममा पार्टीका अधयक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल गुटमा जारुी विवादमा राष्ट्रपति एक गुटतिर ढल्किएको भन्ने समाचारहरु आईरहेका बेला नेता रावलको यस्तो अभिव्यक्ति आएको हो ।

उनको ट्वीटः नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।