सुदूरपश्चिम

कैलालीमा कोरोना संक्रमणका कारण एकजना वडाध्यक्षको निधन

२१ कार्तिक, कैलाली । कोरोना संक्रमणका कारण एक वडाध्यक्षको निधन भएको छ । कैलाली जिल्लाको गौंरिगंगा नगपालीका ३ का वडाध्यक्ष तथा नगरपालीका प्रवक्ता नरेन्द्र बहादुर शाहको मृत्यु भएको पुष्टि भएको हो ।

तत्कालीन एमालेबाट निवार्चित वडाध्यक्ष कोरोना संक्रमण पुष्टि भएसंगै विगत १० दिनदेखी सेती प्रादेशीक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए ।

६३ वर्षका शाहको उपचारका क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको उपमेयर अन्चला चौधरिले जानकारी दिएकी छिन् ।