२१ कार्तिक, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संघीय लोकतान्त्रीक गणतन्त्र हटाउने ओली सरकारको कार्य कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले संयुक्त राष्ट्र संघमा देश र राज्यका नाम उनीहरूको संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन रहेकाले नेपालको नाम पनि संघिय लोकतान्त्रीक गणतन्त्र रहेको भन्दै उक्त नाम हटाएको मान्य नहुने भन्दै खबरदार गरेका छन् ।
साथै उनले दालमा कालो छ है भन्दै ओली सरकारको उक्त निर्देशनको सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् । केहि समय अगाडी सरकारले नेपालको अगाडी संघीय लोकतान्त्रीक गणतन्त्र हटाउन मातहतमा निर्देशन दिएपछि यसको बिरोध चौतर्फि भईरहेकाबेला डा भट्राईले पनि बिरोध जनाएका छन् ।
उनको ट्वीटः संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधानरराज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो । सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको होरु यो स्वीकार्य छैन ! दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ! खबरदार !!