राजनीति

नेपालको अगाडी वा पछाडी केही विशेषण जोड्नु जरुरी छैन, ओली ठिकः अध्यक्ष थापा

२१ कार्तिक, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाका अधयक्ष कमल थापाले नेपालको अगाडी संघीय लोकतान्त्रीक गणतन्त्र हटाउने निर्णयप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त  सरकारको उक्त निर्णयाको बिरोध भईरहँदा अध्यक्ष थापाले भने समर्थन जनाउँदै नेपालको अगाडी वा पछाडी केही विशेषण जोड्नु जरुरी नरहेको भन्दै र ओली ठिक भएको प्रतिक्रिया जनाएका छन् ।

अध्यक्ष थापाले नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ भन्ने प्रष्ट हुने बताएका छन् ।

उनले गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको नभई प्राचिनकालदेखि देशको नाम ‘नेपाल’ भएको बताएका छन् ।

उनको ट्वीटः गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो ।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन । सरकारको निर्णय ठीक छ । नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ–ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।