बाग्मती

प्रदेशसभा सदस्य वाग्लेद्वारा विद्यार्थीलाई आर्थिक सहयोग

२१ कात्तिक, चितवन । वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाउने दशैं भत्तामा एक महिनाको पारिश्रमिक थप गरी एक विद्यार्थीलाई प्राबिधिक विषय अध्ययन गराउन सहयोग गरेका छन् । उनले गोरखा घर भई नारायणगढमा बसोवास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफि विषय अध्ययनका आर्थिक सहयोग गरेको हो ।

प्रदेशसभा सदस्य वाग्लेले आज कलेज पुगेर ढकालको भर्ना वापत १ लाख भुक्तान गरिदिएको हो । नेपाली काँग्रेसले दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आफूले तलब समेत थप गरी जेहेन्दार छात्रा ढकाललाई प्राबिधिक शिक्षा अध्ययन गर्न सहयोग गर्न लागेको जानकारी दिए ।

प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को तीन वर्षे कार्यक्रम रेडियोग्राफि रहेको छ । समाजसेवी समेत रहेएका वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब तथा रामपुरमा निर्माण हुँदै गरेको गौंतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई १ लाख प्रदान गर्नुथियोे ।