लुम्बिनी

दाङ र नवलपरासी पुर्वमा थप दुई कोरोना संक्रमितको मृत्यु

२२ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण दाङ र नवलपरासी पुर्वमा गरी थप दुईको मृत्यु भएको छ । कोरोनाका कारण दाङको घोराहि उपमहानगरपालीका वडा नम्बर १५ का पुरुषको बाँकेमा मृत्यु भएको हो ।

कार्तिक ६ गते कोरोना पुष्टि भएपछि २० गतेसम्म बेलझुण्डीको कोरोना अस्पतालमा उपचारहुँदै आएको उनको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारकालागि बाँकेस्थित भेरी अस्पतालमा थप उपचारकालागी लगिएकोमा मृत्यु भएको हो । ५९ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको हो ।

यस्तै ८२ वर्षका बृद्धको पुर्वी नवलपरासीमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर १२ बस्ने बृद्धको उपचारका क्रममा चितवनस्थित भरतपुर अस्पतालमा शुक्रबार अबेर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताएका छन् ।

यो समेत गैंडाकोट नगरपालिकामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।