पु.समाचार

ओलीसँग आक्रोशित हुँदै धनराज भन्छन्ः सरकार लाश मात्रै गन्न बसेको आफै अपराधी हो ?

२२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपराधी हो भनेर प्रश्न सोधेका छन् । उनले ट्वीट गर्दै कोरोना महामारीमा अदालतले नागरिकको परिक्षण तथा उपचार गर्न दिएको निर्देशन नमान्ने, बेहोस हुन लागे मात्र हस्पिटल लैजानु भन्ने कार्य सही नभएको भन्दै प्रधानमन्त्री ओलीलाई सरकार अपराधी हो भनेर हाकाहाकी प्रश्न सोधेका छन् । उनी आक्रोशित हुँदै हस्पिटलमा धरौटी राख्न नसक्ने निमुखाले हस्पिटलको गेटबाटै फिर्ता हुनु पर्ने, के सरकार लाश मात्रै गन्न बसेको हो ? भनेर सरकारसँग झ्वाँकीएका छन् ।
नेता गुरुगंकामे ट्वीटः PM_Nepal ज्यु ! के सरकार आफैं अपराधी हो? कोरोना महामारीमा अदालतले नागरिकको परिक्षण तथा उपचार गर्न दिएको निर्देशन नमान्ने। बेहोस हुन लागे मात्र हस्पिटल लैजानु भन्ने। हस्पिटलमा धरौटी राख्न नसक्ने निमुखाले हस्पिटलको गेटबाटै फिर्ता हुनु पर्ने। के सरकार लाश मात्रै गन्न बसेको हो ?