सामाजिक सञ्जाल

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचारका बिषयमा संसद बैठक बोलाई छलफल गरौंः डा भट्टराई

२२ कात्तिक, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय समस्या कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्नुपर्ने विचार व्यक्त गरेका छन् । पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला भएको र त्यो उसैले छिनोफानो गरोस् भन्दै उक्त प्रस्ताव गरेका हुन् ।
डा भट्टराईले तर @kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले संसद बैठक बोलाएर समसामायीक बिषयमा छलफल गर्नुपर्ने विचार व्यक्त गरेका हुन् ।

डा भटुटराईको ट्वीटः नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलासउसैले छिनोफानो गरोस्! तर@kpsharmaoli सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने किः १.कोरोना, २.अर्थतन्त्र, ३.संघीयता, ४.भ्रष्टाचार, ५.विदेश सम्बन्ध, ६.अन्य!