२३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन कुमार थापाले अमेरिकी निर्बाचनको परिणमले नेपालका अनुदार राजनीतिज्ञलाई प्रेरित गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्याउँछ भन्नेमा विश्वास पलाएको उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पछि पार्दै जो बाईडन बीजयी भएपछि नेता थापाले यस्तो बिचार ब्यक्त गरेका हुन् ।
साथै गगन थापाले यो नतिजाले नेपाल लभित्रका र अन्य तिरका पनि अनुदार, जिङ्गोइस्टिक, र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्ने बताएका छन् ।
उनको ट्वीटः अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्याउँछ भन्नेमा विश्वास पलाएको छ।निःसन्देह,यो नतिजाले हाम्रो घर भित्रका र अन्य तिरका पनि अनुदार,जिङ्गोइस्टिक,र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्नेछ।