२३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अमेरिकी राष्ट्रपती चुनावमा वाईडेनको जितले जनतानै शक्तीको स्रोत हुन् भन्ने पुष्टी गरेको बिचार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पछि पार्दै जो बाईडन बीजयी भएपछि अमेरिकी जनताले क्रुर, दम्भी, अनुदार, अहंकारी शासकलाई राष्ट्रपतिको निर्वाचनबाट पाठ सिकाएको बताएका छन् ।
नेता गुरुङले त्यसरि नै नेपालको भ्रष्ट, क्रुर, दम्भी, अनुदार, अहंकारी शासकको पनि पालो आउँने भन्दै जनता नै शक्तिको श्रोत भएको उल्लेख गरेका छन् ।
उनको ट्वीटः अमेरिकी जनताले क्रुर, दम्भी, अनुदार, अहंकारी शासकलाई राष्ट्रपतिको निर्वाचनबाट पाठ सिकायो । त्यसरि नै नेपालको भ्रष्ट, क्रुर, दम्भी, अनुदार, अहंकारी शासकको पनि पालो आउँछ । जनता नै शक्तिको श्रोत हो ।