समाचार

कांग्रेसद्वारा बर्माको निधनप्रति दुःख व्यक्त

२३ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले पार्टी जिल्ला कार्यसमिति धादिङका पूर्वसदस्य तथा पूर्व कार्यालय सचिव सीतारामप्रसाद बर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको यही कात्तिक २१ गते बिहान किष्ट मेडिकल अस्पताल ललितपुरमा उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्यमार्फत पार्टीका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गदै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । बर्मा राससका जिल्ला प्रतिनिधिका साथै नेपाल पत्रकार महासंघ धादिङ, नेपाल ट्रेड युनियन कांग्रेस धादिङ, नेपाल निजामती कर्मचारी युनियन संघ धादिङ र नेपाल प्रेस युनियन धादिङका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । बर्माले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।