२४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साासद डा डिला संग्रौलाले कोरोनाको महामारीको अबस्थामा राहत त परैजायोस आफ्नो परिश्रमको रकम पनि उखु किसानलाई उपलब्ध नगराउने कस्तो यो निर्लज्ज सरकार भन्दै आक्रोश ब्यक्त गरेकी छन् ।
नेतृ डा संग्रौलाले सुर्यखबरसाग बोल्दै उखुबालिको भुक्तानी करिब एकबर्स हुदा पनि सरकारसँग गरेको ५ बुदे सम्झौता कार्यान्वयन नहुनु र उखु किसान चरम अन्यायमा पर्नु सरकारको लापरबाही र लाजमर्दोपनको दृस्टान्त बन्न पुगेको बताएकी छन् । उनले सरकारलाई चेतावी दिँदै पुनः काठमाडौ माइतीघर मण्डलामा आइ उखु किसानहरुले आन्दोलन गर्नु नपरोस् भनेकी छन् । डा संग्रौलालदे सरकार नेपाली जनतासँग हरेक ढंगले नागिंएको तर्कसहित सरकारले आफ्नो लाज छोपोस भन्ने अभिब्यक्ती दिएकी छन्।
डा संग्रौला भन्छिन्, ‘तराईका सर्लाही, रौतहट आदि जिल्लाहरुका गरीब उखु किसानहरुले आफ्नो दस नाङ्ग्राखियाउदै ऋणकाढेर लगाएको उखुबालिको भुक्तानी करिब एकबर्स हुदा पनि सरकारसँग गरेको ५ बुदे सम्झौता कार्यान्वयन नहुनु र उखु किसान चरम अन्यायमा पर्नु सरकारको लापरबाही र लाजमर्दोपनको दृस्टान्त बन्न पुगेकोछ। पुनः काठमाडौ माइतीघर मण्डलामा आइ उखु किसानहरुले आन्दोलन गर्नु नपरोस् । सरकारले आफ्नो लाज छोपोस । यस्तो कोरोनाको महामारीको अबस्थामा राहत त परैजायोस आफ्नो परिश्रमको रकम पनि उखु किसानलाई उपलब्ध नगराउने कस्तो यो निर्लज्ज सरकार ?’