सामाजिक सञ्जाल

डा संग्रौलाको प्रश्नः कृषकलाई मल उपलब्ध गराउन नसक्ने ओलीले ठुल्ठुला गफ चुट्न सुहाउला र ?

२५ कात्तिक, काठमाडौं । नेपाली कँग्रेसकी केन्द्रीय सदस्य तथा साँसद डा डिला संग्रौलाले मल त उपलब्ध गराउन नसक्ने सरकारले समृद्धिका ठुल्ठुला गफ चुट्न सुहाउला र ? भन्दै प्रश्न गरेकी छन् । डा संग्रौलाले कृषि बालिकोलागी आबस्यक पर्ने युरिया, डिएपी, पोटास जस्ता रासायनिक मलको चरम अभाबले हरेक बर्ष नेपाली किसानहरूले पीडा भोग्नु परेको कुरालाई स्मरण गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै आक्रोश पोखेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै दुइतिहाइ भन्दा बढी जनसंख्या कृषिमानै निर्भर छ तर सरकारले भने यो र त्यो बहाना गर्दै समयमा मल आयात गरि बितरण प्रणालीलाई समेत प्रभाबकारी बनाउन असमर्थ रहेको टिप्पणी गरेकी छन् । डा संग्रौलाले कस्तो निर्लज्जता! भन्दै सरकारसँग आश्चार्य व्यक्त गरेकी छन् ।

डा संग्रौलाको स्टाटस्ः कृषि बालिकोलागी आबस्यक पर्ने युरिया, डिएपी, पोटास जस्ता रासायनिक मलको चरम अभाबले हरेक बर्ष नेपाली किसानहरूले पीडा भोग्नु परेकोछ। दुइतिहाइ भन्दा बढी जनसंख्या कृषिमानै निर्भर छ तर सरकारले भने यो र त्यो बहाना गर्दै समयमा मल आयात गरि बितरण प्रणालीलाई समेत प्रभाबकारी बनाउन असमर्थ छ।यसपाली पनि बङ्गला देशबाट पैचो मल लिने भनिएकोमा पनि त्यसको संभावना टर्दै गएको छ। जाबो मल त उपलब्ध गराउन नसक्ने सरकारले समृद्धिका ठुल्ठुला गफ चुट्न सुहाउला र ? कस्तो निर्लज्जता!