राजनीति

धनराजको टिप्पणीः ब्यबस्था परिवर्तन गयौं तर हाम्रो दृष्टिकोण कहिल्यै परिवर्तन भएन

२५ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले ब्यबस्था परिवर्तन गयौं तर हाम्रो दृष्टिकोण कहिल्यै परिवर्तन भएन भनेका छन् । उनले प्रकृति प्रदत्त हजारौं भ्यु टावर भएको देशमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्म भ्यु टावर निर्माण कै पछि दौडिरहेका मुलुकका समाचारमाथी टिप्पणी गर्दै उक्त कुरा बताएका हुन् । उनले ट्वीटरमा लेख्दै जबसम्म अनुत्पादक क्षेत्रमा लगानी गरिरहन्छौं तबसम्म मुलुकको समृद्धि सम्भव छैन भन्ने ठोकुवा पनि गरेका छन् ।
धनराजको ट्वीटः जबसम्म अनुत्पादक क्षेत्रमा लगानी गरिरहन्छौं तबसम्म मुलुकको समृद्धि सम्भव छैन। प्रकृति प्रदत्त हजारौं भ्यु टावर भएको देशमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्म भ्यु टावर निर्माण कै पछि दौडिरहेको देख्दा लाग्छ– ब्यबस्था परिवर्तन गयौं तर हाम्रो दृष्टिकोण कहिल्यै परिवर्तन भएन।