२६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री डा मिनेन्द्र रिजालले काँग्रेस उपसभापति बिमलेन्द्र निधि आउँदो १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार भए काँग्रेसको गठुटबन्दी अनत्य हुने तर्क गरेका छन् । काँग्रेस महाधिवेशनमा पाँचभन्दा बढी समूह सभापति लड्नुपर्ने विचार मिडियामा राखीरहेका नेता डा रिजालले ट्वीट गर्दै भनेका छन्, ‘विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन।’ उनले धेरै सभापतिका उम्मेद्वार हुनुलाई सकारात्मक पक्षको रुपमा लिएका छन् । डा रिजालले भनेका छन्, ‘उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।’ बौद्धिकलगायत राजनीतिकबृतमा काँग्रेसको आउँदो महाधिवेशनमा सभापतिका उम्मेद्वार धेरै भएको र पार्टीकाे बद्नाम भएकाे भन्ने कुरा अाइरहेका बेला पुर्वमन्त्री र मोरगंबाट निर्बाचित साँसदसमेत रहेका नेता रिजालले भने उम्मेद्वार धेरै हुँदा काँग्रेस अझ बलियो हुने र दुई ध्रुवमा रहेको गुटबन्दी हट्ने भन्दै सकारात्मक हुने विचार ब्यक्त गरेका छन् । उनको विचारलाई राजनीतिकबृतमा महत्वका साथ हेरिएको छ । उपसभापति निधिले आफू कुनै पनि हालतमा सभापतिमा निर्बाचन लड्ने निकटतम कार्यकर्ताहरुलाई बताईरहेका छन् भने निधिले आफ्नो उम्मेद्वारीको प्रस्तावक शेरबहादुर देउवा र समर्थक बरिष्ठ नेता रामचन्द्र पौडेल हुने दाबी गरिरहेका छन् ।नेता डा रिजाल आफैं आउँदो महाधिवेशनका महामन्त्रीका शसक्त उम्मेद्वार हुन् । बौद्धिक नेताको छविसमेत बनाएका डा रिजालको उक्त भनाईले काँग्रेस महाधिवेशनमा नयाँ विचार थपेको देखिएको छ ।
डा रिजालको ट्वीटः विमलेन्द्र निधिजी सभापतिको उम्मेदवार हुँदा दुइभन्दा बढी उम्मेदवार हुन्छन र पार्टी अहिले झैं दुइटा ध्रुवमा चर्को गरी विभाजित रहदैन। त्यो सकारात्मक हो। उहाँले सफलता प्राप्त गर्ने/नगर्ने र सफल भए बिना भेदभाव सबैलाई नेतृत्व गर्न सक्ने/नसक्ने कुरा त अहिले पनि परीक्षण र परखको गर्भमा छ।