२६ कात्तिक, काठमाडौं। राप्रपाका अध्यक्ष कमल थापा र जनता समाजबादी पार्टीका अध्यक्ष कमल थापाबीच ट्वीटरमा वाक युद्ध चलेको छ । राप्रपा अध्यक्ष थापाले लोकतन्त्रको परिधीभित्रै राजसंस्था अटाउनसक्ने अभिब्यक्ती दिएको समाचारमा डा भट्टराईले कडा टिप्पणी दिएपछि अध्यक्ष थापा पनि प्रचण्ड र डा भट्टराईप्रति रुष्ट भएका छन् ।
अध्यक्ष थपालाई डा भट्टराईले भनेका छन्, ‘मेरा सहपाठी मित्र @KT_Nepalले ग्वेबल्सको दुष्प्रचार–सूत्र ’झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ’ को अनुशरण गर्दै पुनः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन्! क्रान्तिका अगुवा प्रचण्ड–बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु ‘देख्नेको अगाडि सुन्नेको सही’भएन र?
डा भट्टराईको उक्त भनाईलाई उत्तर दिँदै अध्यक्ष थापा भन्छन्, ‘फेरी हसाउनु भयो सहपाठी मित्र @brb1954 ले.कति हास्नु हौ! क्रान्तिको’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन। तर, त्यो भारीको मालिक तपाईहरू होईन, शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए। तर, जव सक्क्ली मालिकले भारिको दावि गरेपछि
त्यसमा तपाईले बालहठ नदेखाएकै बेश
डा भट्टराई र अध्यक्ष थापाबीचको उक्त वाकयुद्धलाई राजाबादी र गणतन्त्रबादीको कडा टक्करको रुपमा राजनीतिकबृतमा हेरिएको छ । १० बर्षे जनयुद्ध लडेका डा भटटराई र प्रचण्डको बाटोलाई पछिल्लो समय नेपाली जनताले गलत सावित गरिरहेका बेला अध्यक्ष थापाले उनीहरुतिर प्रहार गर्दै कडा रुपमा आलोचना गरेका छन् ।