राजनीति

चुनाव हारे पनि चोरबाटोबाट सांसदरमन्त्री बन्ने कुसंस्कार रोक्न नसकेपछिको पाप त भोग्दैछैनौं? डा भट्टराईको प्रश्न

२७ कात्तिक, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव हारेपछि पनि चोरबाटोबाट सांसदरमन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४)को ब्यवस्था गरिएको बताएका छन् ।
संबिधान मस्यौदा समितिका संयोजकसमेत रहेका डा भट्टराईले न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ भन्ने सल्लाह पनि दिएका छन् । उनले भर्खरै नेकपा उपाध्यक्ष उपाध्यक्ष बामदेब गौतमको अदालतले गरेको फैसलालाई संकेत गर्दै हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ? भन्ने प्रश्नसमेत गरेका छन् ।
उपाध्यक्ष गौतमलाई अदालतले बर्दियाबाट गत संघीय निर्बाचन हारेको भएपनि मन्त्री बन्ने बाटो खोलेको छ । त्यही आदेशलाई डोडेर डा भट्टराईको टिप्पणी आएको हो ।
डा भट्टराईको ट्वीटः चुनाव हारेपछि पनि चोरबाटोबाट सांसदरमन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८ (४)को ब्यवस्था गरिएको हो। न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ?