२७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता धनराज गुरुगंले सरकारले आजको मन्त्रीपरिषद बैठकबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार निःशुल्क गर्ने निर्णय गरेकोमा प्रतिकृया दिएका छन् । उनले चित्रबहादुर दाइ प्रति उच्च सम्मान गर्दै उहाँको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय सकरात्मक रुपमा लिँदै यो महामारीमा चित्र दाइ जस्तै निमुखा नागरिकले निशुल्क उपचार कसरी पाउँछ सरकार ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले सरकारी हस्पिटलमा त बेड खाली नै हुदैन, भन्दै निजी अस्पतालको त कुरै नगरौं भनेका छन् । नेता गुरुगंले श्रद्धेय नेता चित्रबहादुर केसीको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
धनराजको ट्वीटः श्रद्धेय नेता चित्रबहादुर केसीको सिघ्र स्वास्थ्य लाभको कामना गर्छु। चित्रबहादुर दाइ प्रति उच्च सम्मान गर्दै उहाँको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय सकरात्मक छ। तर यो महामारीमा चित्र दाइ जस्तै निमुखा नागरिकले निशुल्क उपचार कसरी पाउँछ सरकार ? सरकारी हस्पिटलमा त बेड खाली नै हुदैन।