बाग्मती

फेसबुकमा फेक आईडी बनाई अश्लिल भिडियो पठाउने पक्राउ

२७ कात्तिक, काठमाडाैँ ।   सामाजिक सञ्जाल मार्फत फेक आइडी बनाइ बालीकालाई योनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने युवा पक्राउ परेका छन् । बालीकाकोहरुको बारेमा यौन अश्लिलयुक्त अर्नगल सामाग्रि पोष्ट गरी अपमान गर्ने, हैरानी दीने कार्य गरी विधुतीय कारेवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरिएको पाइएको हुँदा जिल्ला सिन्घुपाल्चोक, चौतारा सागाँचोकगढी-४ मा बस्ने वर्ष २० को अखील नेपाली पक्राउ परेका हुन् । उनलाइ जिल्ला अदालत काठमाडौबाट पक्राउ अनुमती लिइ काठमाडौँ महानगरपालिका-२७ बाट पक्राउ गरी थप अनुसन्धान कार्य भइ रहेको प्रहरुी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले दाबी गरेका छन् ।