२९ कात्तिक, टीकापुर । कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने सतह निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९.७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम शुरु भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जिनियर पदम मडैले जानकारी दिए। ‘‘सडक निर्माण कार्य ३० महिनामा सक्नुपर्ने समय छ । अहिले पहिलो चरणमा माटो फिलिङ र क्षेत्र छुट्याउने काम भइरहेको छ’’, इञ्जिनियर मडै भन्नुहुन्छ, ‘‘यतिखेर धमाधम सतह निर्माणको काम थालिएको छ ।’’ हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर सडक निर्माणका लागि कालिका कुमार जेभी काठमाण्डौको २०७७ साल जेठ २८ गते ४० करोड, १९ लाख, ९१ हजार ६१६ मा ठेक्का सम्झौता भएको छ भने दोस्रो खण्ड १० किलोमिटर निर्माणका लागि एपेक्स खड्का कृष्ण जेभी बाँकेको २०७७ साल जेठ २६ गते ४० करोड, ९९ लाख, ९ हजार, ६८३ मा ठेक्का सम्झौता भएको छ ।
बाँकी तेस्रो खण्डको लागि रायमाझी गल्वा जगदम्वा जेभी काठमाण्डौले २०७७ साल असार १४ गते रु। ३३ करोड, २० लाख, ६६ हजार, ६ सय ३० मा ठेक्का सम्झौता गरी काम शुरु गरेको छ । तिनै ठेक्काको सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको आयोजनाले जनाएको छ । जम्मा २९.७ किलोमिटर मध्ये बजार क्षेत्रमा पर्ने ६.३ किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण हुने इञ्जिनियर मडै बताउ छन् । ‘‘पहिलो प्याकेजमा साढे दुई किलोमिटर चार लेन छ, दोस्रो प्याकेजमा ३।१ किलोमिटर चारलेन छ । तेस्रोमा सात सय मिटर चार लेन छ । बाँकी सडक दुई लेन निर्माण हुनेछ’’, उनले भने, ‘‘सडकमा सातसात मिटर कालोपत्रे, नाला र फुटपाथ बन्छ ।’’
लामो समयपछिसडकको स्तरोत्रति हुन थालेपछि स्थानीय नागरिक खुशी भएका छन् । सडक बन्नु राम्रो काम भएको, बनिरहेको सडक गुणस्तरीय हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले पनि निगरानी गर्नुपर्ने दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर विष्ट बताउछन् । ‘‘लम्कीदेखि खक्रौलासम्मको बाटो गुणस्तरीय भए यहाँको विकासमा सहयोग पुग्छ, व्यापारिक विकासमा थप योगदान पुग्छ’’, विष्ट भन्छन् ,‘‘स्थानीय सरकारले पनि अनुगमन गर्न आवश्यक छ ।’’
यसअघि ५ वर्षअघि कालोपत्रे गरिएको लम्की–टीकापुर सडक खण्ड कालोपत्रे गरिएको ६ महिनामै भत्किएको थियो । अहिले बनिरहेको सडकको अवस्था त्यस्तो नहोस् भन्नेमा आफु सजग रहेको र त्यसका लागि तिहारपछि निर्माण कम्पनीसँग समन्वय गर्ने जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले बताए ।
‘‘सडक निर्माण शुरु भइसक्दा पनि हामीसँग सहकार्य भएको छैन तर हामी चासो दिन्छौँ’’, अध्यक्ष चौधरीले भने, ‘‘तिहारपछि औपचारिकरुपमा उनीहरुलाई बोलाएर छलफल गछौँ । हाम्रो ठाउँको बाटो बनिरहेकाले गुणस्तरीय बनाउन सहयोगी बन्छौँ ।’’हुलाकी राजमार्गअन्तर्गत राष्ट्रिय गौरवको आयोजनामा पर्ने यस सडकले कैलालीको लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकालाई छोएको छ ।