सुदूरपश्चिम

गाउँपालिकाका सबै वडा सडक सञ्जालमा

१ मङ्सिर, डोटी / जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो ।
सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि स्थानीयबासीलाई यातायातका लागि सहज भएको छ ।
गाउँमा सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पु¥याउन सकिने जनाउँदै स्थानीयबासीहरु खुशी भएको जोरायल–५ गड्सेराका दीर्धबहादुर बोगटीले जानकारी दिए । उनले भने, “सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिज बस्तु बजार सम्म पु¥याउन सहज भएको छ, किसानको आयस्तर बढ्ने छ ।”
गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीब्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “पाँच वर्ष भित्र सबै वडा कार्यालयमा सडक पु¥याउने उदेश्य अनुसार हामीले काम अगाडी बढाएका थियौँ, समयमै काम सकियो यहि खुुसिको विषय हो ।” वडा कार्यालयसम्म सडक सञ्जाल पु¥याउने काम सँगसँगै टोलटोलमा सडक सञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिए । यस्तै गाउँपालिकाले गाउँमा हुने बालविवाह न्युनीकरण र महिला हिँसा अन्त्यकालागि बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
पछिल्लो समय गाउँपालिकाले बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागि स्थानीयलाई अग्रसर गराउने कार्यको थालनी गरिएको बताइएको छ । कुल ६ वटा वडा कार्यालय रहेको सो गाउँपालिकामा गाउँमा बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यका लागि पहल गरी रहेको छ । गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि अभियानकै रुपमा अगाडी बढाईरहेकोे छ । एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानकोलागि एकल तथा विपन्न महिला समूह समेत गठन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिए ।