समाचार

प्रधानमन्त्री ओलीबाट भाइटीका ग्रहण

१ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।