राजनीति

गगनले शुरु गरे भाईटीकाका दिनबाट देशभरका बालबालीकालाई शिक्षित बनाउने अभियान

१ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले आज भाईटीकाका दिनबाट बालबालीकालाई क्षिक्षा दिने अभियान थालेका छन् । उनले सरकारले नीति नियम बनाएको, संबिधानमा बालबालीकाका लागि ब्यवस्था भएको भन्दै नियमलेमात्र नपुग्ने र यसको कार्यान्वयन जरुरी भएको बताए ।
काठमाडौं क्षेत्र नम्बर ४ का साँसदसमेत रहेका नेता थापाले कोरोना माहामारीको पीडाको अवस्था अझै कति रहने हो थाहा नभएको र त्यसको लागि भएको बैकल्पीक माद्यमहरु प्रभावकारी नभएको भन्दै आफ्नो क्षेत्रबाट बिद्यालय बन्द नहुन्जेलसम्मका लागि बालबालीका लागि आफ्नो अनलाईन प्लेटफर्मबाट सिकाईलाई मद्दत पुग्नेगरी कार्य गर्ने बताएका छन् ।
पुर्वमन्त्रीसमेत रहेका लोकप्रीय नेता थापाले बिद्यार्थीलाई छात्रबृति उपलब्ध गराउने, शैक्षिक सामाग्री उपलब्ध गराउनेलगायतका कार्य आफ्नो निर्बाचन क्षेत्रबाट सुरु गर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल वा अरु माद्यमबाट घरमै बसिरहेका बिद्यार्थीलाई सहयोग पुग्नेगरी अभियान थाल्ने बताएका छन् । विगतमा शुरू गरेकाे अभियान उनले पुनः शुरू गरेका हुन् । उनले अभियान घोषणा गरेको छोटो भिडियोः