राजनीति

प्रदीपको नेता/कार्यकर्तालाई आह्वानः एकता अप्ठ्यारोमा छ, आरोप प्रत्यारोप नगरौँ

१ मंसिर, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नेकपा एमाले र माओबादी केन्द्रको एकता अप्ठ्यारोमा परेको बबताएका छन् । उनले ३ गते बस्न लाागेको सचिवालय बैठक अगाडी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहाल समूहबीचको तीब्र आन्तरिक छलफल चलिरहेका बेला उक्त टिप्पणी गरेका हुन् ।
गुल्मीब्बाट निर्बाचित प्रतिनिधि सभा साँसदसमेत रहेका नेकपा नेता ज्ञवालीले कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ भन्ने आग्रहसमेत गरेका छन् । नेता ज्ञवालीले एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ भनेका छन् । उनले ट्वीट गर्दै आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ भन्ने धारणा राखेका छन् । ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ भन्ने कार्यकर्तालाई झिनो आशसमेत दिएका छन् । नेकपाको बिबाद उत्कर्षमा पुगेका बेला नेता ज्ञवालीको उक्त मध्यमार्गी भनाई आएको छ ।
ज्ञवालीको ट्वीटः पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ।
आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।