पु.समाचार

किशोर नेपालको भबिष्यबााणीः ओलीले नेकपाको अध्यक्ष/प्रधानमन्त्री दुबै पद छाड्दैनन्

२ मंसिर, काठमाडौं । बरिष्ठ पत्रकार किसोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अध्यक्ष र प्रधानमन्त्री दुर्ब पद नछाड्ने ठोकुवा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ओलीले अन्मिमा पार्टी मिलाउने अवस्था ओाये भने अध्यक्ष छाड्न तयार हुने तर प्रधानमन्त्री भने कुरा हालतमा नछाड्ने आँकलन गरेका हुन् । पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दहाल समूहको बिबाद उत्कर्शमा पुगेका बेला नेपालको उक्त टिप्पणी आएको हो ।
पत्रकार नेपालले नेपाली काँग्रेसका पुर्व सभापति एबम् पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाको उदाहरण दिँदै सरकारमा बसे सरकारी ढुकुटीमा खेल्न पाइन्छ, हातमा रहेको छाडेर को भड्किन्छ र ? भन्ने प्रश्न गरेका छन् ।
पत्रकार नेपालको ट्वीटः प्रधानमन्त्री केपी शर्मा ओली दुवै पद छाड्न तयार छैनन् । छाडनै परे उनले प्रम नछाडलान् । पार्टी र सरकारको खेलमा सरकारले जित्ने प्रम गिरिजाप्रसाद कोइरालाद्वरारा स्थापित उदाहरण छ उनका अगाडि । सरकारमा बसे सरकारी ढुकुटीमा खेल्न पाइन्छ । हातमा रहेको छाडेर को भड्किन्छ र ?