पु.समाचार

महानगरलाई चुनौती दिँदै खुलामञ्चमा खुवाईयो रोजगार गुमाएका तथा गरिवलाई खाना !

२ मंसिर, काठमाडौं । तिहारपछि काठमाडौं महानगरसँग मजदुर तथा गरिवलाई खुलामञ्चमा खाना नखुवाउन भएको सहमती बिपरीच संस्थाहरुले आज पनि खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाईरहेकाले अन्यत्र व्यवस्था गर्न तत्काल असमर्थ भएपछि खुलामञ्चमा नै खुवाउनुपरेको आयोजकले बताएका छन् ।
बिभिन्न संस्थाहरुले लकडाउनका कारण अनौपचारीक क्षेत्रको रोजगारी गुमाएकाहरुलगायतलाई खाना खुवाईरहेका संस्थाहरुलाई उक्त स्थानमा भन्दा अन्यत्र पार्टी प्यालेस वा कतै खाना खुवाउन अनुरोध गरेको थियो । महानगरको अनुरोधमा सहमती गरेका संस्थाहरुले आज पनि उनीहरुलाई खाना खुवाएका छन् , खाना खाएकाहरुले काम नपाएका कारण कि हामीलाई महानगरले खान दिनुपर्यो, कि काम दिनुपर्यो कि अन्यले खुवाएकोमा रोक्नाु भएन भन्दै महानगरसँग आक्रोश पोखेका छन् ।
महानगरका मेयर बिद्यासुन्दर शाक्यले खुलामखुल्ला खुलामञ्चमा खाना खुवाउने कार्यको बिरोध गरिरहेका छन् भने महानगर तथा नेकपा सरकारको खाना खुवाउन बन्द गर्ने कार्यको सर्बत्र बिरोध भईरहेको छ ।
आगामी महानगरले कस्तो एक्सन लिन्छ त्यो हेर्न बाँकी नै भएपनि महानगरले खाना खुवाउन रोको झडप हुने आशंका सर्बसाधारणबृतमा देखिएको छ । महानगरले उक्त स्थानमा खाना खुवाउँदा लाज लाग्ने बताएको थियो ।