३ मंसिर, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले चिनिया राजदुत यान्छीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति बिद्यादेबी भण्डारीलाई भेटेको बिषयमा टिप्पणी गरेका छन् । उनले ट्वीटरमा लेख्दै नेकपाका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दहालको पानीबाराबारको अवस्थालाई मिलाउन बिगतमा पनि भूमिका खेलेको र अहिले त्यो भन्दा पनि जटिल सम्बन्ध भएकाले त्यसलाई मिलाउन पुनः राजदूत यान्छी सकृय देखिएकाले पत्रकार नेपालको प्रतिकृया आएको छ ।
पुराना पत्रकार नेपालले नेकपाका अध्यक्ष पुष्पकमल दहालको मन कमलो भएकोले माओवादी एमालेको घेराबन्दीमा पर्ने हो कि उम्किने हो ? भनेर प्रश्न गरेका छन् । भावुक स्वभावका प्रचण्डको भावनामा घटनाक्रमले कस्तो असर पार्ने हो भन्ने शंका गरेका छन् । पछिल्लो समय नेकपामा देखिएको बिबाद मिलाउन चिनियाँ राजदूत सकृय छिन् भने राष्ट्रपति बिद्यादेबी भण्डारी पनि सकृय छिन् । आज बस्ने भनिएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपनि नरोकिने अध्यक्ष दहाल नेपाल पक्षको तयारीमा राजदूतको सकृयताले कस्तो असर पार्ने हो त्यो भने हेर्न बाँकी नै छ । यसै बिषयमा पत्रकार नेपालले आफ्नो विचार राखेका हुन् ।
किशोर नेपाल: अहिले साँझ चीनियाँ राजदूत यान्छीले प्रम ओलीसंग भेट गरिन् । त्यो भन्दा अघि राष्ट्रपतिसंग यान्छीको भेटपछि राष्ट्रपतिले प्रचण्डसंग भेटेको सुनियो । भावुक स्वभावका प्रचण्डको भावनामा घटनाक्रमले कस्तो असर पार्ने हो १ माओवादी एमालेको घेराबन्दीमा पर्ने हो कि उम्किने हो ?