३ मंसिर, काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीले बिधी र पद्धतीलाई महत्व दिँदै खुट्टा नकमाई पार्टीलाई निकास दिँन सचिवालय बैठकबाट पछाडी नहट्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बैठक, विधि छोडेर अध्यारो कोठाका स्वार्थ समुहसंग गरेको लेनदेनमा खाएको धोका कम्तिमा कमरेड प्रचण्ड, कमरेड बामदेव र कमरेड माधवले नभुलुन भन्दै नेताहरुलाई सचेत गराएकी छन् । नेतृ झाँक्रीले आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस भन्दै समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र बैध बिकल्प भएको दाबी गरेकी छन् । उनले आह्वान गर्दै भनेकी छन्, ‘पार्टी एकता जोखाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने होईन बैठकबाट निकास निकाल्न दवाव दिऔं। कार्यकर्ता होईन पार्टीका सदस्य बन्ने प्रयास गरौं।’
नेतृ झाँक्री नेकपाको बिबादमा बोल्दै आफ्ना कुरा राख्छिन्, ‘नेकपाको यो सकसले निकास पाउनुपर्छ। यो दल सामाजिक संस्था र सामाजिक पूँजी दुबै हो। त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्लाः ‘मिल्ने’ ब्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको बिधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ।’ प्रधानमन्त्री ओलीले हिजो धोका दिएको उनले संकेत गर्दै उक्त कुरा नबिर्षन नेतृ झाँक्रीको अध्यक्ष दहाल नेपाल समूहलाई आग्रह छ ।
उनको स्टाटस्ः नेकपाको यो सकसले निकास पाउनुपर्छ। यो दल सामाजिक संस्था र सामाजिक पूँजी दुबै हो। त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्लाः ‘मिल्ने’ ब्यक्तिका लेनदेनले मिल्ने होईन मिल्ने बिन्दु पार्टीको बिधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ।
बैठक, विधि छोडेर अध्यारो कोठाका स्वार्थ समुहसंग गरेको लेनदेनमा खाएको धोका कम्तिमा कमरेड प्रचण्ड, कमरेड बामदेव र कमरेड माधवले नभुलुन।
आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस। समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र बैध बिकल्प हो।
पार्टी एकता जोखाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने होईन बैठकबाट निकास निकाल्न दवाव दिऔं। कार्यकर्ता होईन पार्टीका सदस्य बन्ने प्रयास गरौं।