राजनीति

धनराज आक्रोशितः चिनियाँ राजदूतको अनावश्यक चुरिफुरीले नेपालको स्वाधीनतामाथि हस्तक्षेप

३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले नेपाली राजनीतिमा बिदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य दोहोर्याएका छन् । वुर्व साँसदसमेत रहेका नेता गुरुगंले कुनै पनि पार्टीको आन्तरिक बिबाद पार्टीको विधि, बिधानबाटै टुंगो लगाउने भएपनि बिदेशी राजदूतको अनावश्यक चुरिफुरीले देशको सार्बभौमसत्ता र स्वाधीनतामाथि हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । चीनका राजदरुत यागंले मंगलबार र बुधबार नेकपा बिबाद मिलाउन कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीलाई भेटेको घटनालाई संकेत गर्दै आक्रोशित भएका धनराजले उक्त प्रतिकृया दिएका हुन् ।
उनको ट्वीटः नेपाली राजनीतिमा बिदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन। कुनै पनि पार्टीको आन्तरिक बिबाद पार्टीको विधि, बिधानबाटै टुंगो लगाउने हो। बिदेशी राजदूतको अनावश्यक चुरिफुरीले देशको सार्बभौमसत्ता र स्वाधीनतामाथि हस्तक्षेप गर्दछ।@PRCAmbNepalजी ! कुटनैतिक मर्यादा नबिर्सनुहोस्।