बाग्मती

बानेश्वरस्थीत भ्याली भ्यु स्कूलको प्रिन्सिपलमा भण्डारी नियुक्त

३ मंङ्सिर, काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कूलको प्रधानाध्यापकमा सुभाषचन्द्र भण्डारी नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिले विगत १४ वर्षदेखि सोही स्कूलमा उप–प्रधानाध्यापक पदमा कार्यरत भण्डारीलाई यही मंङ्सिर १ गतेदेखि लागु हुने गरी प्रधानाध्यापक पदमा नियुक्त गरेको हो ।
विद्यालयको नेतृत्वदायी पदका लागि पदपूर्ति गर्ने सन्दर्भमा स्कूलको पूर्ण स्वामित्वको संस्थापक कम्पनी प्रोफेसलन एजुकेटर्स लिमिटेड र समिति बैठकको सर्वसम्मत निर्णयबाट भण्डारीलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको समिति अध्यक्ष डा खगेन्द्रप्रसाद ओझाले जानकारी दिए ।
निवर्तमान प्रधानाध्यापकले व्यक्तिगत कारण देखाई स्वेच्छिक अवकाशका लागि पदबाट राजीनामा दिएपछि समितिले मंङ्सिर १ गतेदेखि नै लागु हुने गरी उक्त राजीनामा स्वीकृत पनि गरेको उनले जानकारी दिए ।
स्कूललाई संस्थागत रुपमा अझ बढी स्तरीय र परिणामुखी बनाउँदै लैजाने कार्यदिशामा समिति प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष डा ओझाले सदा झैं स्कूलका अभिभावकबाट पूर्ण सहयोग, विद्यार्थीबाट लगनशिलता र आवद्ध शिक्षक–कर्मचारीबाट अझ बढी सक्रिय भइ नियमित कार्य सम्पादनको अपेक्षा गरे ।