९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबास–१४ मा आईतबार चक्लेट किन्न गएकी एक बालीकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ब्यक्तीको घरमा स्थानीयले आगलागी गरेपछि प्रहरीले हवाई फयर गरेको छ ।
बलात्कारपछि हतया गरी ५ बर्षिया बालीकालाई बोरामा हालेर फालिएको अवस्थामा भेटिएपछि स्थीती नियनत्रणमा लिन प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको बताईएको छ । बलात्कार गरी हत्या गरेको स्वीकारेका २५ बर्षिया अरुण कुमार शाहको घरमा स्थानीयले तोडफोड गरी आगजनी गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।
आगो निभाउन आएको दमकललाई स्थानीयको अबरोध भएको कारण समस्या भएको डिएसपी राजन चापागाईँले जानकारी दिएका छन् । पछिल्लो समय बलात्कारका घटना बढेका भएपनि ६ बर्षिया बालीकामाथी नै भएको यस्तो नरसंहार भने नयाँ नै देखिएको छ । स्थानीयले आक्रोशिन हुँदै सडक बन्द गरेका कारण राजमार्गमासमेत लामो दूरीका सवारी साधन आवत जावत गर्न नपाएको बताईएको छ ।





