काठमाडौं । आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहमा हल्का हिमपात हुने अनुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका धेरै ठाउँहरूमा आज चिसो बढ्नुका साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।