समाचार

कोरोनाका कारण बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

११ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बिहान २ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । मृतकमा मधुमेह र निमोनियाको समस्या रहेको गौतमले जानकारी दिएका छन् ।