१२ मंसिर, काठमाडौं । गुल्मीमा एकाबिहानै भएको भयानक जिप दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ईस्मा गाउँपालीका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलामै दुर्घटना भएको हो ।
साथै उक्त दुर्घटनामा परि अन्य दुई जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको विस्तृत बिबरण आउन भने बाँकी रहेको छ ।
साथै प्रहरीका अनुसार मृतकहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन ।