१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन् ।
कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेक हुन् । उनिहरुले दशैँ भत्तावापत पाउने रु ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४०० हस्तान्तरण गरेका छन् ।
कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ ।
यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिकेका छन् ।