१२ मंसिर, गुल्मी । आज बिहानै गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भने उक्त र्दुघटनामा परि ३ जना घाइते भएका छन् ।
साथै मृत्यु हुनेमा इश्मा ४ का ६५ वर्षीय डम्मबरबहादुर धिताल, ३३ वर्षीय चिबबहादुर दर्लामी , ३० वर्षीय वशन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेहरुमा इश्मा ४ का १९ वर्षीय फर्सुराम थापा , २८ वर्षीया सरस्वती दर्लामी र कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिएका छन् ।
घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ । जिप सडक देखि अनियन्त्रित भइ चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।