१२ मंसिर, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २ सय ले घटेर ९१ हजार ३ सय मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला एक हजार १६५ मा कारोवार भएको छ ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार १७५ मा कारोवार भएको थियो ।