१३ म्रसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले अगाडीको स्यालसंग लड्दा पछाडी झ्यांगमा लुकेको ब्वाँसो नर्बिन सबैलाई आग्रह गरेका छन् ।
पछिल्लो समय मुलुकमा राजा आउ देश बचाउ भन्दै राजावादीहरु बिभिन्न स्थानमा सलबलाउन थालेपछि डा. भट्टराईको यस्तो भनाई सार्वजनिक भएको हो ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान युवाहरुलाई आग्रह समेत गरेका छन् ।
डा.भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकी गिलास भर्नुपर्नेमा जोड दिँदै रिसको झोकमा आधा भरिएको गिलास पनी घोप्टाएर पूरै गिलास खाली हुन नहुने बताएका छन् ।
उनको ट्वीटः युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौंसनकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ! अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं !दुबैसॅग लडेर अघिजाने साहस गरौं !