१३ मंसिर, बुटवल । कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । बुटवल उपमहानगरपालीमा ७ का ४२ वर्षका पुरुष र कपिलवस्तुको गोरुसिंगे ७४ वर्षका पुरुषको रुपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलका पुरुषलाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार राति ११ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
मंसिर ९ गते कोरोना रिपोर्ट पोजिटिभ आएका गोरुसिंगेका पुरुषको शुक्रबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जना मिर्गौलाका रोगी थिए ।