सामाजिक सञ्जाल

ओलीसंग धनराज आक्रोशितः भएका स्वास्थ्य चौकीमा औषधि छैन तर कुरा चैं ठुला ?

१५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले ३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकरात्मक भएपनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद भएको टिप्पणी गरेका छन्। उनले भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामाग्री, डाक्टर र औषधि छैन तर कुरा चैं ठुला ? भन्दै गम्भीर प्रश्न नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ प्रश्न तेस्र्याएका छन् । नेता गुरुगंले प्रधानमन्त्रीमात्र नभएर राष्ट्रपति बिद्यादेबी भण्डारीको तस्वीर बिजुलीको पोलमा झुण्ड्याएकोतर्फ ब्यंग्यात्मक दृष्टान्त दिँदै बिजुलीको पोलहरुमा टाँसिएको फोटो सहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं भनेका छन् ।
नेता गुरुगंको ट्वीटः ३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गर्ने कुरा सकरात्मक भएपनि यसैलाई क्रान्तिको संज्ञा दिनु आफैमा हाँस्यास्पद। भएका स्वास्थ्य चौकीहरुमा न्युनतम स्वास्थ्य सामाग्री, डाक्टर र औषधि छैन। तर कुरा चैं ठुला ? बिजुलीको पोलहरुमा टाँसिएको फोटो सहितको नयाँ युगको सुरुवात पनि देखेकै हौं !