१६ मंसिर, भैरहवा । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । भैरहवास्थित भीम अस्पतालमा थप एकजना कोरोना संक्रमीतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय पुरुष हुन् । उनको राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताएका छन् ।
मंसिर ११ गते कोरोना पोजिटिभ देखिएका उनलाई मंसिर १२ मा भीम अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।