लुम्बिनी

कोरोना संक्रमणका कारण दाङकी एक महिलाको मृत्यु

१६ मंसिर, दाङ । कोरोना संक्रमणका कारण दाङकी एक महिलाको मृत्यु भएको छ । दाङको तुलसिपुर उपमहानगरपालीका ५का ५५ वर्षकी महिलाको आज बिहान मृत्यु भएको हो ।

गत मंसिर ११ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान ८ बजे कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको हो ।

कोरोना संक्रमित महिलालाई स्वासप्रस्वासमा समस्या भएपछि मंसिर १४ गते बुटवल अस्पतालमा ल्याईएको थियो ।